सप्तकोसीमा पानीको बहाव बढ्यो, ब्यारेजका २६ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै २६ वटा ढोका खोलिएको छ । कोसी पहाडका जिल्लाका केही दिनयता निरन्तर परेको पानीका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

भन्टाबारीस्थित कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ५६ मध्ये शुक्रबार २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

सप्तकोसीमा शुक्रबार दिउँसो १२ बजेदेबि वहाव १ लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड मापन भएको छ । बिहान १ लाख ५ हजार क्युसेक मात्र थियो । बिहीबारदेखि नै सप्तकोसीमा पानीको बहाव बढ्न सुरु भएको थियो ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम घटेसँगै पानीको बहाव घट्न थाल्छ । ब्यारेजमा २ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन भए खतराको साइरन बज्छ । रातो झन्डा पनि गाडिन्छ ।

प्रतिक्रिया