अग्रज कलाकारहरुबाटै तीज गीत माथी अत्याचार,नाम तीज भाव केइनकेइ

केहि बर्ष यता तीज गीतमा विकृति आयो भन्ने चर्को आवाज उठिरहेको छ । त्यसको सुरुवात समय भन्दा छिटो गीत सार्वजनिक भएसँगै भइसकेको छ । यसो त तीज आउन धेरै समय बाँकी छ तर गीत भने भकाभक सार्वजनिक भइरहेका छन ।

लकडाउन र कोरोना महामारीले रोकिएको सांगीतिक बजार अहिले भने मुल फुटे सरी भल आइरहेको छ ।

तीज गीतमा विकृति र अपाच्य शब्द आए हेर्नै नहुने भए भन्ने दर्शक स्रोताहरुको आरोपलाई पुष्टी गर्ने खालको अर्को गीत यो बर्ष पनि सार्वजनिक भएको छ । शब्द चयन र लुगा फाटा समेत राम्रो भएनन भन्ने गुनासो धेरैको छ । जिम्मेवार संस्थामा बस्ने र अग्रज कलाकाहरुलेनै तीज भन्दा अली बाहिर गएर आफ्ना सिर्जना सार्वजनिक गरेका छन । विगतमा जस्तो बुहारी र सासुको कथानै गीतमा हुनु पर्छ भन्ने त छैन तर समयको परिर्वतन सँगै भावनै परिर्वतन गर्नु पर्छ भन्ने पनि छैन । यसै विच केहि यस्ता तिजका गीतहरु पनि छन जुन उत्कृष्ट छन कम्तिमा पनि दर्शक स्रोताले छि भन्ने गीतहरु नआइदिए हुन्थ्यो भन्ने दर्शक स्रोताको चाहना रहेको छ ।

यसै विच एउटा यस्तै गीत सार्वजनिक भएको छ । अग्रज सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सिर्जनामा रहेको तीज गीत नाम दिएको एउटा गीतलाई स्रोता दर्शकले समेत यस्तै आलोचना गरेका छन । सो गीत कति सहि छ र कति गलत छ त्यो हाम्रा पाठकहरुलेनै छुट्याउनुह्ुने छ ।

हेर्नुहोस सो गीतको भिडियो .

प्रतिक्रिया