• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

एमसिसीले २३३ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाउँदै

संसारकै पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को अध्यक्ष पहिलो पटक महिला हुने भएकी छिन्।

क्लबको २३३ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष इंग्ल्यान्डकी पूर्व कप्तान क्लेर कोनर हुने भएकी हुन्।

बुधबार भएको एमसिसीको साधारण सभाले कोनरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। कोनर हाल इंल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको महिला क्रिकेटको निर्देशक छिन्।

एमसिसीका हालका अध्यक्ष कुमार संगाकारालाई विस्थापित गर्ने उनी आगामी १ अक्टोबर २०२१ देखि अध्यक्ष बन्नेछिन्।

एमसिसीको अध्यक्ष बन्न पाउँदा उनले आफूलाई गर्व लागेको बताउँदै खुसी व्यक्त गरेकी छिन्।

सन् १९९५ मा १९ वर्षको उमेरमा उनले इंग्लिस टिममा डेब्यू गरेकी थिइन्। सन् २००० मा कप्तानको जिम्मेवारी पाएकी कोरनले २००६ मा संन्यास लिएकी थिइन्। उनले इंल्यान्ड महिला टिमलाई २००५ मा पहिलो पटक एसेस सिरिज जिताएकी थिइन्।

उनले सन् २०११ मा आइसिसी महिला क्रिकेट कमिटीको अध्यक्षता गरेकी थिइन्। त्यसअघि उनले सन् २००९ मा एमसिसीको मानार्थ आजिवन सदस्यता पाएकी थिइन्।

प्रतिक्रिया