कोरोनाले स्याङ्जाका एकजनाको पोखरामा मृत्यु

पोखरामा कोरोनाले एकजनाको मृत्यु भएको छ । उनी स्याङ्जा सिरुबारीका भएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सिरुवारीका ५५ वर्षीय पुरुषको कोरोनासहित अन्य रोग पनि रहेको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

उपचारकै क्रममा गएराति साढे ११ बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जनाएका छन् । यसअघि पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाकै एक व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया