दाहालको तलब सुविधा पौने दुई करोड बढी

काठमाडौं–नेपालमा पछिल्लो समय सबैभन्दा आकर्षक तलब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको रहेको छ । वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृतहरुले करोड माथि वार्षिक तलब सुविधा लिने गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार धेरै तलब सुविधा लिनेमा सानिमा बैंकका सीईओ भुवन दाहाल पनि अग्रपंक्तिमा देखिएका छन् । उनको तलब सुविधा पौने दुई करोड रुपैयाँ बढी रहेको छ ।


 सीईओ दाहालले सानिमा बैंकबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख १५ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । यो आधारमा बैठक भत्तालाई नजोड्दा उनको मासिक तलब १५ लाख रुपैयाँ पर्न जान्छ । गत आर्थिक वर्षमा बैंकका अन्य प्रमुख व्यवस्थापकहरुले ३ करोड ८६ लाख ९२ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।


बैंकले गत आर्थिक वर्ष कुल २ अर्ब २५ करोड ८३ लाख ११ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यसमा १ अर्ब ४३ करोड ९१ लाख ९६ हजार रुपैयाँ कर्मचारी, भत्ता तथा सुविधा (बोनस सहित) र ८१ करोड ९१ लाख १४ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय