कमला घिमिरे र खेम सेञ्चुरीको आवाजमा उत्कृष्ट तीज गीत लरिलरि लै

बाल गायिका कमला घिमिरे र लोकप्रिय गायक खेम सेञ्चुरीको आवाज रहेको यो बर्षको नयाँ तीज गीत लरि लरि लै भर्खर मात्र सार्वजनिक भएको छ ।

१८ मिनेट लामो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । यो समाचार तयार पार्दा सम्म गीत हेर्ने धेरै दर्शकले गीत उत्कृष्ट रहेको समेत प्रतिक्रिया दिएका छन ।

खेम सेञ्चुरीको लय तथा अर्का लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द सिर्जना रहेको सो गीतमा सानी बैनिको विभिन्न इच्छा र त्यसमा परिवारका सदस्यले ब्यक्त गर्ने प्रतिक्रियालाई विषयबस्तु बनाइएको छ ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ । गीतमा गायक गायिकाले नै कलात्मक अभिनय गरेका छन भने सरस्वती पौडेलले उनीहरुलार्इं साथ दिएकी छन ।

प्रकाश भट्टको उत्कृष्ट निर्देश रहेको सो गीतलाई शुभारम्भ डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया