५३५ कोरोना संक्रमित थपिए, ३७० जना डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ५३५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३५ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ कोरोना संक्रमित थपिएका थिए ।

देशभरका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार १४२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३७० डिस्चार्ज भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९० हजार ७३० मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ७८९ कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया