निकै फरक तर उत्कृष्ट तीज गीत लिएर आए लोकप्रिय गायक रोशन र गायिका देवी घर्ती

आफ्ना हरेक सिर्जनामा फरक पन दिन माहिर गायक तथा सर्जक रोशन गैरेको यो वर्षको नया तीज गीत माइत जान पाइन् भर्खर मात्र सार्वजनिक भएको छ ।

यस अगाडि गैरी खेतैमा बोलको गीत सार्वजनिक गरी सबैको माया पाएका रोशनले यो गीतलाई पनि दर्शक श्रोताले मन् पराइदिनेमा आफूहरु आशावादी रहेको रहेको बताउनु भयो ।

गीतमा लय तथा शब्द निकै उत्कृष्ट रहेका छन् । माइत जान नपाएकी चेलीको बेदनालाइ गीतमा कलात्मक रूपले उठाइएको छ ।

आशा खड्का र रोशन आफ्नै समेत अभिनय रहेको सो गीतलाई रोशनले नै निर्देशन गरेका छन् । गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी ।

प्रतिक्रिया