गण्डकी प्रदेशमा एकै दिन थपिए ५८ संक्रमित

पोखरा । गण्डकी प्रदेशका ७ जिल्लामा एकै दिन ५८ कोरोना संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङमा गरी ५८ नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार तनहूँमा सबैभन्दा बढी २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ऋषिङ गाउँपालिकाका २१ संक्रमित रहेका छन् । संक्रमित २१ जना नै पुरुष हुन् । संक्रमण पुष्टि भएकामध्ये १ वर्षे बालकसहित ३३ वर्ष उमेर समुका छन् । यस्तै तनहूँकै ब्यास नगरपालिकामा २४ र २८ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरमा आज १६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बुलिङटार गाउँपालिकाका ११ जना रहेका छन् । संक्रमित सबै पुरुष हुन् उनीहरको उमेर समूह १७देखि ३८ सम्मको रहेको छ । यस्तै नवलपुरकै बौदीकाली गाउँपालिकामा ४७ वर्षिय एक पुरुषमा कोरोरोना पुष्टि भएको छ । मध्यविन्दु नगरपालिकामा २५ र ४५ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै विनयी त्रिवेणी गाउँपालिकामा २१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

देवचुली नगरपालिकामा १९ वर्षीय एक पुरुषमा गरि नवलपुरमा १६ संक्रमित थपिएका छन् ।

गोरखाको भीमसेन नगरपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ । २२ देखि ३८ वर्ष उमेर समूहका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस्तै म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । कास्कीको माँदी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिनाकी बालिकामा समेत कोरोना पुष्टि भएको छ ।

स्याङ्जामा पालिका नखुलेका एक २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै बागलुङ काठेखोला गाउँपालिकाका ७ पुरुष र ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया