गोठ भत्किँदा एक महिलाको मृत्युु, तीनजना घाइते

सर्लाहीस्थित एउटा गोठ भत्किदा एकजनाको मृत्युु भएको छ भने तीनजना घाइते भएको छ ।

स्थानिय चन्द्रनगर गाउँपालिका स्थित गोठ भत्किदा मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षीया देवकली देवी सिंह रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडा बस्ने ७० वर्षीय वृद्धा रामवरण साह, वर्ष ५ की गुन्जना कुमारी कापड, वर्ष ३ की जानुका कुमारी कापड घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मदन कुवँरले जानकारी दिएका छन् ।

गोठमा रहेको एउटा भैँसीलाई पनि चोट पटक लागेको छ । घटनामा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीवार साँझ चन्द्रनगर गाउपालिका वडा नं ७ का कैलास साहको बनाउदै गरेको गोठको छानामा खपडा छाउने क्रममा भत्किन गई उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुुर्घटनामा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा बिहिवार राति श्रीराम हस्पिटल मलंगवामा मुत्यु भएको थियो । अन्य घाइतेहरु भने उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया