ओली खेमामा जान लागेका एमाले नेतालाई संग्रौलाको झटारो - द्रोसो पुस्ता हैन पत्रु पुस्ता

काठमाण्डौ - लेखक खगेन्द्र संग्रौलाले एमाले दोर्सो पुस्ताका नेता प्रति झटारो हानेका छन् । 

आफ्नै पार्टीको सरकार ढालेर फेरि ओलीकै शरणमा गएकोमा उनले कडा झटारो हानेका हुन । उनले भनेका छन् 

"इष्टदेव ओलीलाई गद्दीबाट खसाले,"वर्ग शत्रु"देउवालाई गद्दीमा बसाले। र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए।दाेस्राे पुस्ता हाेइन,यी पत्रु पुस्ता हुन्। विचारमा टाट,नैतिकमा च्यूत,भिजनमा ठिस।अब ओली प्रवृत्तिकाे कमाण्डमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई जमठ बनाउने हाेलान्।हरेराम!"

एमालेका युवा नेताहरुले हिजो मात्र ओलीसँगको बैठकमा १० बुँदे कार्यान्वयन गर्ने गरी सहमति भएको थियो । सोही अनुसार आज स्थायी कमिटी बैठक समेत बस्न लागेको छ । 

उता नेपाल पक्ष भने पार्टी दर्ताको अन्तिम तयारीमा रहेको छ त्यसैको लागि उनी निकट नेता चन्द्रागिरीमा आवासीय बैठकमा रहेका छन् । 

प्रतिक्रिया