तनहुँको एउटै गाउँपालिकाका ५ जनामा कोरोना

तनहुँको एकै गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमित पाँचैजनालाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

प्रतिक्रिया