काठमाण्डौ । केही दिन अघि बीमा समितिले बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै बजारमा यसको प्रभाव कस्तो होला भन्ने विषयमा धेरै बहस भए । विचार राख्ने अधिकांशले यो खवरले फेरी एकपटक बजारलाई माथि लैजाने संकेत गरे । तर अरुको भन्दा फरक विचार राख्ने शेयर बजारका सक्रिय लगानी कर्ता नवराज दहालले भने यसको असर बजारमा खासै नपर्ने जिकिर गरे ।
सुरुमा उनको कुरा सुन्नेहरूले दहालको चर्को आलोचना गरे तर आइतबारको बजारले जब बीमाको पूँजी वृद्धिको खासै प्रभाव देखाएन त्यसपछि भने उनले सही भनेको विश्लेषण गरे । यस अघि पनि चुनावको मिति घोषणा गरेपछि बजार माथि जाने विचार राखिरहेका बेला उनै दहालले भने यसको खासै बजारमा प्रभाव नपर्ने बताएका थिए । त्यस बेला पनि उनको चर्को आलोचना भएको थियो । तर बजारमा चुनावको मिति घोषणा गरेको कुनै प्रभाव नपरेपछि भने उनको विचारमा धेरैले सत्यता रहेको बताएका थिए ।
यहि विषयमा आर्थिक सन्देशले दाहाललाई सम्पर्क गरे उहाँको विचार पछिको तथ्यको बारेमा बुझ्ने कोशिश गरेको थियो । हामीसँगको टेलिफोन कुराकानीमा दाहालले पूँजी वृद्धि गरेर बजार माथि जान्छ भन्ने सोच केवल नयाँ लगानीकर्तामा मात्र रहेको र अनुभवी लगानीकर्ता Right शेयर प्रति त्यति सकारात्मक नरहेको बताउनु भयो । पूँजी बढाउन हामीसँगै पैसा लिनु कसरी राम्रो हुन्छ ? बजार तलमाथि भइरहेको अहिलेको अवस्थामा यसको खासै प्रभाव नपर्नेमा आफु पहिलानै ढुक्क रहेको उहाँको भनाइ छ । बजारमा अन्यौलताका बिच पनि केही समयपछि माथि जाने उहाँको भनाई ।
बजारले केही राम्रा खवर आँउदा पनि राम्रो संकेत नदेखाएपछि धेरै लगानीकर्ता अन्योलमा परेका छन ।