नेप्सेमा तिव्र उतार चढाव,सामान्य अंकले बजार घट्दा कारोबार रकममा पनि गिरावट

काठमाण्डौ ।  सेयर बजारमा मंगलबार झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक २.६६ अंकले घटेर २५१९ विन्दुमा अडिएको छ । ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पुस लागेपछि सकारात्मक गतिमा लागेको बजारमा ट्रेडरहरुले नाफा बुक गर्दा सामान्य प्रभावित भएको हो । करेक्सनपछि बजारले फेरि गति लिने कोशिस गर्दैछ । मंगलबार कारोबार अवधिभर बजार अनिश्चित जस्तो बनेर तलमाथि गरिरहँदा खरिदबिक्री रकम प्रभावित भएको अनुमान गरिएको छ ।

सूचक छिनछिनमा तलमाथि गरिरह्यो । हरियो र रातो हुनेक्रम चल्दा निरन्तर चल्दा लगानीकर्ता अन्योलमा परेका हुन् । बजार बढ्न लागेको हो वा अझै केही घट्छ भनेर ठम्याउन मुश्किल हुँदा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । तथापि, बजारले अन्तिम प्रहरमा फेरि माथि जाने कोशिस गर्यो । बीचमा फराकिलो अंकले घटिसकेको नेप्से बन्द हुँदा झिनो अंकले मात्र तल झरेको हो ।

यस दिन मध्य भोटेकोशी जलविद्युतको भाउ बढेर सर्किट लागेको छ । बजारले ४ महिने गिरावट यात्रा पार गरिसकेको छ । यसबीचमा नेप्से सूचक करिब १ हजार अंकले घटिसकेको छ भने झन्डै १३ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमेको छ । बजारमा सेयर भाउहरु निकै सस्ता भएका छन् । मूल्य–आम्दानी अनुपात हेर्दा पनि सेयरहरु क्रमशः सस्तो भएको देखिन्छ ।

प्रतिक्रिया