सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण थप सामग्री

सुदूरपश्चिम प्रदेशमा पहिलो स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । कञ्चनपुरको पुनर्वासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुनर्वास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुर स्रोतका अनुसार संक्रमित स्वास्थ्यकर्मी कोरोना देखिएपछि आफैं उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी आएका छन् ।

भन्छन्, सीमामा सुरक्षित हुन सकिन
कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याब असिस्टेन्ट त्रिनगर नाकामा नागरिकको स्वास्थ्य परीक्षणमा खटिएका थिए । ८ जेठमा ८ सयभन्दा बढी नेपालीको उद्धार गरियो ।

सोही भीडमा रहेका १० जना भन्दा बढीलाई कोरोना पुष्टि भयो । उनी भन्छन्, ‘नाकामा व्यक्तिगत सुरक्षा सामाग्री त प्रयोग गरेकै थिए, तर, ‘सीमामा भिड धेरै भएकाले आफूलाई पूर्ण रुपमा सुरक्षित भने राख्न सकिएको थिएन् । सोही दिनदेखि आफूमाथि पनि आशंका उब्जिएको थियो ।’

उनले सीमा क्षेत्रमा ¥यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वारेन्टाइनमा गएर ¥यापिड टेस्ट र शंकास्पद बिरामीको स्वाब संकलन गरे । १७ गते आफ्नो समेत स्वाब संकलन गरेर पठाए ।

‘मंगलवार दिउँसो मेडिकल ल्याब एसोसिएसन अफ नेपालको धनगढीमा छलफल थियो । म पनि जिल्ला सदस्य भएकाले छलफलका लागि धनगढी आएको थिए । प्रयोगशालाकर्मीबाटै रिपोर्ट पोजेटिभ आएको जानकी भएपछि सुरुमा त विश्वास लागेन् । सत्य खवर रहेछ पछि विश्वास गर्नैप¥यो । त्यसपछि मोटरसाईकलमै सेती अस्पताल तर्फ हानिए ।’

‘मैले स्वाब संकलन गरेका चार जनामा कोरोना पुष्टि भएको जानकारी पाएको छु,’ उनले भने, ‘स्वाब संकलनकै क्रममा कोरोना सरेको होला जस्तो त मलाई लाग्दैन् । किनकि मैले व्यक्तिगत सुरक्षाका सामाग्रीको प्रयोग गरेको थिए । सतर्कता पनि अपनाएको थिए । तर सीमामा सयौंको भीड भएकाले आफूलाई सुरक्षित राख्न सकेन जस्तो लागिरहेको छ ।’

कोरोना विरुद्धको लडाइमा अग्रमोर्चामा खटिएका ३६ वर्षीय संक्रमित स्वास्थ्यकर्मी साँझ भने सधै घर जान्थे । घरमा दुई छोरी र श्रीमती छिन् ।

प्रतिक्रिया