भद्रगोलदेखि म्युजिक भिडियोमा फिट मोडल यशु भट्टराई

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा महिला मोडलहरूमाझ कडा प्रतिस्पर्धा रहेको छ। पुरुषहरूको तुलनामा महिलाको उपस्थिति यो क्षेत्रमा धेरै देखिन्छ। यही कारणले अगाडि आउन र लामो समय टिक्न कडा मेहनत आवश्यक पर्ने गरेको छ।

यस्तै मेहनत र लगनशिलताका साथ सफलता प्राप्त गर्दै गरेकी मोडल हुन्, यशु भट्टराई। छोटो समयमै उनले नेपाली सांगीतिक क्षेत्रमा एक सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। साथै, उनले चर्चित हास्यश्रृंखला ‘भद्रगोल’ मा पनि प्रभावकारी अभिनय गरेकी थिइन्।

यशु आफ्नो कामप्रति निकै समर्पित र मेहनती छन्। उनले यो क्षेत्रमा केही ठूलो गर्ने उद्देश्यका साथ प्रवेश गरेको बताउँदै छिट्टै निराश नहुने धारणा व्यक्त गर्छिन्। अहिले पनि उनी निरन्तर एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेकी छन्।

यद्यपि, गीतसंगीत व्यवसायिक रूपमा त्यति सफल मानिँदैन, तर यो पेशा अपनाउनेहरूले जीविकोपार्जन गर्न भने कठिनाइ भोग्नु पर्दैन। आर्थिक सन्देशसँग कुराकानी गर्दा उनी बागलुङको सिगानामा एक गीतको सुटिङमा व्यस्त रहेको जानकारी दिइन्। उनले सोही स्थानमा केही म्युजिक भिडियोहरू सुट गर्ने तयारी गरिरहेकी थिइन्। पछिल्लो समय उनलाई कामको अभाव नभएको देखिन्छ। निर्देशक प्रेम थापा पनि यशुको अभिनय क्षमताको प्रशंसा गर्दै उनलाई काम गर्न सहज भएको बताउँछन्।

सिरियस गीत होस् वा डान्सिङ गीत, जुनसुकै विधाका गीतमा पनि यशुले उत्कृष्ट अभिनय प्रस्तुत गर्न सक्ने गरेको छिन्। उनका चर्चित गीतहरूमा ‘भिरको बाटो,’ ‘आँसु,’ ‘मलमलको पछ्यौरी,’ साथै भर्खरै सार्वजनिक भएका ‘भिषा हातैमा’ र ‘विर्से हुन्छ मलाई’ जस्ता गीतहरू पर्दछन्।

यशुको अभिनयमा प्रतिबद्धता र क्षमताका कारण उनी नेपाली सांगीतिक क्षेत्रमा सफल मोडलका रूपमा स्थापित हुँदै गएकी छिन्।

प्रतिक्रिया