देश काँग्रेसमय बन्दै,भरतपुरमा रेणुको अग्रता कायम

काठमाण्डौ । स्थानीय निर्वाचनको मत परिणाम आइरहेको छ । देशैभरिका मतपरिणाम हेर्दा काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी बन्ने देखिएको छ । तर पनि धेरै मत गणना गर्न बाँकी रहेकै कारण अहिले नै यसै भन्न सकिने अबस्था भने छैन । 

यसैबीच चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जसमा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। 

अहिलेसम्म ४४२३ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ६ सय ११ मत पाएकी छन्। 
एमाले(राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ५ सय ३७ मत ल्याएका छन्।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ७ सय ७५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार २४२ मत पाएकी छन्।

प्रतिक्रिया