मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत्

घरायसी साना उपभोक्तालाई विद्युत महशुलमा छुटको व्यवस्था गरेको छ।आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।

‘मासिक १० युनिटसम्म खपत गर्नेलाई निशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइनेछ, ‘उनले भने।

खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरेको छ। यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडाउनअवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ।

प्रतिक्रिया