सुदूरपश्चिममा कोरोना संक्रमण : १५ आइसोलेसनमा, १ हजार ६६० क्वारेनटाइनमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएका पाँचैजना निको भएर घर फर्किए पनि जोखिम भने घटेको छैन । भारतीय सीमासँग जोडिएका जिल्लाबाट घुसपैठ भएर आउनेहरुबाट जोखिम कायम रहेको हो ।

सुरुआती दिनमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय देखिएको छैन् । सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर र आरडीटी विधीबाट २२ हजार ५०२ जनाको परीक्षण गरिएको छ ।
हालसम्म ३ हजार ८३७ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ भने ३ हजार ६४३ जनाको स्वाब नमुना जाँच गरिएको छ । जसमध्ये ३ हजार ६३८ जनाको नमुना नेगेटिभ देखिएको छ । १९४ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १८ हजार ८५९ जनाको आरडीटी परीक्षण गरिएकोमा १८ हजार ८४७ जनाको नतिजा नेगेटिभ आएको छ । १२ जनाको आरडीटी पोजेटिभ देखिएकाले उनीहरुको पीसीआर जाँच भइरहेको मन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लाहरुमा १ हजार ६६० जना क्वारेन्टाइनमा रहेको र १५ जना आइसोलेशनमा रहेको जनाइएको छ । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ५ जना, टिकाप्ुरमा ४, बझाङमा १, डोटीमा १, बाजुरामा ३ र डडेल्धुरामा अस्पतालमा १ जना आइसोलेशनमा छन् ।

प्रतिक्रिया