राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले राजदूतहरू फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै सो निर्णय कार्यान्वयनमा रोक लगाएको हो।

सरकारले असोज ३० गते ११ देशका लागि नियुक्त राजदूतहरू फिर्ता गर्ने निर्णय गरेको थियो। सो निर्णय बदर गर्न माग गर्दै पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय