नेप्से १० अंकले बढ्यो, कारोबार ४ अर्ब ४५ करोड

काठमाडौंमा साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागिरहेको बजार आज १०.३० अंकले बढ्दै २६४८.९० विन्दुमा पुगेको हो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। मंगलबार ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स को सेयर मूल्य उच्च वृद्धिसहित सर्किट लेभलमा पुगेको हो।

त्यसैगरी हिमालयन पावर पार्टनर को सेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया