टोकियो । जापानमा क्रियाशील बलेवा सेवा समाज जापान को २०२५–२०२७ कार्यकालअन्तर्गत नियमित दोस्रो औपचारिक बैठक सम्पन्न भएको छ। टोकियोको कामाता क्षेत्रमा अवस्थित चिनो भान्छाघर कामता मा आयोजित बैठक उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो।
बैठकमा सहभागीहरूले संस्थाको वर्तमान गतिविधि, चुनौती तथा सम्भावनाबारे आफ्ना विचार, सुझाव र अनुभवहरू राख्दै भावी कार्यदिशाबारे विस्तृत छलफल गरेका थिए। सामुदायिक एकता सुदृढ गर्ने, सदस्यहरूबीच सहकार्य बढाउने र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
यसैबीच, बैठकले आगामी कार्ययोजनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। ती निर्णयहरूको विस्तृत विवरण कार्यसमिति समूहमार्फत छिट्टै सार्वजनिक गरिने संस्थाले जनाएको छ।
सो बैठकको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र पौडेलले गरेका थिए भने सञ्चालन महासचिव रोशन चापागाईँले गरेका थिए। कार्यक्रममा पुर्ब अध्यक्ष तथा संरक्षक महेन्द्र पिसी, संरक्षक राजु केसी, प्रमुख सल्लाहकार बिकास केसी ,सल्लाहकार दयाराम सुबेदि,पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।