काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमतिको संख्या २९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित रौतहट राजापुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६,३९, ३९, ४२, ४८ वर्षका पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।