नेपालमा काेराेना संक्रमितकाे संख्या १०९ पुग्याे : उदयपुरमा ३, कपिलवस्तुमा ३ र पर्सामा १ थपिए

काठमाडाैँ, २७ वैशाख । नेपालमा कोभिड-१९ (काेराेना भाइरस) संक्रमितकाे संख्या १०९ पुगेकाे छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणअनुसार थप ७ जनामा काेराेना पुष्टि भएकाे छ ।

नयाँ पुष्टि भएकामध्ये उदयपुरका ३ जना, कपिलवस्तुका ३ जना र पर्साका १ जना रहेका छन् । उदयपुरकाे भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरू रहेका छन् भने कपिलवस्तुमा भेटिएका १७, १८ र १८ वर्षका पुरुषहरू रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसैगरी पर्साकाे छपकैया निवासी एक ६२ वर्षका पुरुषमा पनि आजै काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

हालसम्म प्राप्त विवरणअनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म १५ हजार ४९९ जनाकाे पीसीआर टेस्ट गरिएकाेमा १०९ जनामा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमितमध्ये ३० जना भने निकाे भइसकेका छन् । हाल १३५ जना आइसाेलेसनमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया