सामाजिक सञ्जालमा भाईरल टिकटक मार्फत मानव बेचबिखन बढ्दो क्रममा

काठमाडौंँ - मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ ।

विशेष गरी किशोर अवस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिहरूको सम्पर्कमा पुगी बेचबित्वनको जोखिममा परेका छन् ।यसरी टिकटकको माध्यमबाट चिनजान भई सिमापार जान लागेका छ जनालाई माइती नेपाल नेपालगञ्जको टोलोले जमुनाह नाकामा फेला पारि परिवारको सम्पर्कमा पुयाएको छ ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छोडेका १२ जना युवतो बेचबिखनको जोखिममा परेको भन्दै परिवारले खोजतलासका लागि माइतो नेपालको नेपालगञ्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।

पछिल्लो समय अधिकांश व्यक्तिले टिकटक चलाउने गरेका छन् तर प्रविधिको दुरुपयोग भई जोखिमका घटना पनि हुन थालेका छन." माइती नेपालका संयोजक कोइरालाले भन्नुभयो, टिकटकबाट सम्बन्ध विस्तार गरी घरबाट हिँडेका घटनामा जोखिम बढो पाइएको छ।"

माइती नेपालले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५२९ जनालाई जमुनाह नाकाबाट उद्धार गरेको जनाएको छ। श्रम र यौन शोषणमा परेका १० जनाको उद्धार गरिएको छ। तीमध्ये नौ जना भारतबाट र एक जना खाडी मुलुकबाट उद्धार गरिएको हो। खोजतलासका ६९३ निवेदन परेकोमा २४२ मात्रै फेला परेका छन्।

माइती नेपालका अनुसार २० वर्षको अवधिमा सात हजार ५७२ जना हराएको निवेदन परेकोमा एक हजार ६३८ जना मात्रै फेला परेका छन् । भारत तथा खाडी मुलुकमा उद्धारका लागि सरकारी स्तरको प्रभावकारी संयन्त्र नभएका कारण जोखिममा रहेकाको उद्धारमा कठिनाइ हुँदै आएको नाइतो नेपालले जनाएको छ ।

प्रतिक्रिया