बैंकमा अधिक तरलताको समस्या

काठमाडौं - कुनै समय थियो बैंकमा लगानी गर्ने तरलता थिएन । धेरै बैंकको सीडी रेसियो ९० प्रतिशतको आसपास थियो । यो तह भनेको लगानी योग्य रकम निकै न्यून हुनु हो । 

 अहिले भने बैंकमा लगानी योग्य रकम फालाफाल भएको छ । बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको छ । अहिले बैंकहरुमा निक्षेप बढेपनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको स्थिति छ ।यता, बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८१% रहेको पनि केसीले जानकारी गराएका छन् । 

यसबाट पनि बैंकहरुसँग लगानीयोग्य रकम प्रसस्त रहेको पुष्टि हुन्छ । यस्तै, कर्जाको ब्याजदर पनि एकल अंक बराबर आएको उनको भनाई छ । यसअघि ११.०८% रहेको औसत बेस रेट अहिले ८.७७% मा सीमित भएको उनले बताए । उक्त बेस रेट एकल ब्याजदर बराबर रहेको उनको भनाई छ ।

अहिले घर कर्जा र विद्युतीय सवारी साधनको ब्यादर सस्तो भएको केसीले बताए । ब्याजदर घटेसँगै औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया