एसोसिएसनहरुको पहलमा ५० लाख लोककल्याकारी विज्ञापन थपियो

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो बर्ष रेडियोलाई दिइने लोककल्याकारी विज्ञापनमा ५० लाख थप गरेको छ ।

रेडियोहरुको छाता संगठन वान र एकोरावको पहलमा मन्त्रालयले सो रकम थपेको हो । लकडाउनको समयमा अग्रपंतीमा रहेर काम गरिरहेका रेडियोहरुलाई सरकारले यस अघि पनि प्रशंसा गर्दै आएको थियो ।

वानका अध्यक्ष चन्द्र न्यौपानेका अनुसार थपिएको रकम थोरै भए पनि रेडियोहरुलाई धेरै राहत हुने बताउनु भयो । साथै उहाँले रोयल्टी र नविकरण पुर्ण छुटको लागी पनि एसोसिएसनहरुले पहल गरिरहेको जानकारी दिनु भयो ।

नेपालमा अहिले करिव ५ सय हाराहारीमा रेडियोहरु सञ्चालनमा रहेका छन । यस अगाडी पनि रेडियोहरुलाई लोककल्यकाणकारी विज्ञापन थप भएको थियो भने यो थप भएको दोस्रो पटक हो । थप भएको रकम लोकल्याकाणकारी विज्ञापन बजाएका रेडियोहरुलेनै पाउने छन ।

लकडाउनको बेला जनतालाई सूचना दिनको लागी सबै भन्दा प्रभावकारी माध्यमनै रेडियो रहेको छ ।

प्रतिक्रिया