शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै उहाँले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताउनुभयो । ‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उहाँले भन्नुभयो बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

मन्त्री थापाले लकडाउन कहिलेदेखि र के शर्तमा खुकुलो बनाइने भन्नेबारे भने खुलाउनुभएन ।

कोरोना अन्तर्राष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएको पनि बताउनुभयो ।

प्रतिक्रिया