काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ ।
सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।
पूर्वस्वास्थ्य रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए ।
त्यसपछि कार्यालयले सोमबार अपहरको जाहेरी दर्ता गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।
यस्तै सांसद यादवले घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।