काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।