पौडेलको सह्रानीय काम, गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान

बागलुङ— कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले व्यक्तिगत लगानीमा गृह जिल्ला बागलुङका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

नेपाली काग्रेसका महाधिव्शन प्रतिनिधिसमेत रहेका पौडेलले आफ्ना पिता स्व. भिमनाथ शर्मा पौडेलको स्मृतिमा भिमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखाला गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । तीन हजार थान मास्क, सेनिटाइजर, पिपिई, थर्मलगन, प्यारासिटामोललगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । पौडेलले जिल्लामा विभिन्न समयमा यस्ता सहयोग गर्दै आएका छन् । पौडेलको सह््र्रानीय कामको स्थानीयले प्रशंसा गरे । विद्यालय निर्माण, पुस्तकालयलगायत शैक्षिक क्षेत्रमा यस अघि पनि सहयोग गरेका थिए ।

बागलुङ कोरोनाको जोखिममा रहेको र स्वास्थ्यकर्मी निरन्तर सेवामा खटिनुपर्ने हुँदा स्वास्थ्य संस्थालाई सामग्री पठाएको सहअध्यक्ष पौडेलले बताए । स्वास्थ्यकर्मीसँगै, बलेवामा प्रहरी, बगलुङमा क्रियाशिल पत्रकारलाई पनि मास्क र सेनिटाइजर प्रदान गरिएको छ । स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गरिएको भिमनाथ प्रतिष्ठानका सदस्य गोविन्द बहादुर पौडेल गोपालले बताए ।

स्वास्थ्य सामग्री गहण गर्दै जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडलले गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोेग गरेकोमा नेपाली काग्रेसका युवा नेता दक्ष पौडललाई धन्यवाद दिए । मेयर पौडेलले स्वर्गीय भिमनाथ सामाजिक व्यक्तित्व भएकाले उहाँका छोरा पौडेलले सहयोग गरेर सहनिय काम गरेको बताए । सामग्री हस्तान्त्रण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले यस्ता सहयोगले अन्य व्यक्तिलाई पनि आफ्नो क्षेत्रमा सघाउन सकरात्मक सन्देश दिएको बताए । पौडेलले समाजप्रति आफ्नो दायित्व पुरा गरेका नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष एवं काँग्रेसका महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले बताए ।

जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको पैयुँपाटा, अमलाचौर, नारायणस्थान कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको छ । काठेखोलामा गाउँपकालिमा उद्योग वाणिज्य महासंघका महासचिव नरेश कँडेलमार्फत सामग्री पठाएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, बागलुङका क्रियाशील पत्रकारहरू लाई स्वास्थ सामाग्री तथा प्रेस ज्याकेट बितरण गरिएको छ । नेपाल प्रेस युनियन बागलुङ शाखाको आयोजनामा राष्ट्रिय मिडिया र स्थानीय मिडियामा काम गर्ने पत्रकारहरू लाई भिमनाथ प्रतिष्ठानको सहयोगमा सेनिटाइजर र मास्क, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलको सहयोगमा प्रेस ज्याकेट वितरण गरिएको हो ।

पत्रकारले जोखिम मोलेर फिल्डमै गएर काम गर्नुपर्ने भएकाले मास्क, सेनिटाइजर, प्रेस ज्याकेट बितरण गरेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पौडेलले बताए । पत्रकारले जोखिमको बेलामा जनतालाई सहि सुचना दिने प्रमुख भुमिका निभाउन जरुरी भएको पौडेलले बताए । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले कोरोनाको जोखिमबाट सुरक्षित हुदै पत्रकारले खबर संप्रेसन गर्नुपर्ने धारणा राखेका थिए । युनियनका सभापति प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण रिजालले गरेका थिए ।

प्रतिक्रिया