बिश्व भर फैलिएको कोरोना भाइरस केभिड-१९ महामारीको कारण हाम्रो देश नेपाल पनि गत चैत देखि लक डाउन मा छ। यस कारण सम्पुर्ण देश र जनता आर्थिक मारमा चेपिदै गएको छन भने दैनिक ज्याला मजदुरि गरि खाने र बिपन्न परिवारलाई दैनिक हातमुख जोड्ने समस्या भएको छ।
तिन तहका सरकार ले राहत घोषण गरेता पनि समानुपातिक रूपमा आबस्यक जनता मा राहत नपुग्दा वा बितरण हुन नसक्दा समस्या दिनानुदिन बढ्दै गै रहेको छ । यसै कुरालाइ मध्य नजर गर्दै नेपाली कांग्रेसको नेता तथा गत उप निर्वाचनमा नेपाली कांग्रेस को तर्फ बाट प्रत्यासी बाग्लुङ क्षेत्र न :२ ख का जित बहादुर शेरचनले आफ्नो क्षेत्रमा राहत लिएर घर घर पुग्नु भएको छ ।
नेता जित बहादुर शेरचन आफ्नो क्षेत्र बाग्लुङ २ख का ढोरपाटन नगरपालिका , तमानखोला गाउ पालिका, निसिखोला गाउपालिका मा बिना राजनीति पुर्बाग्रह राहत आबस्यक सम्पुर्ण ब्याक्ती परिवारलाई चामल, तेल, नुन ,साबुन लागाएत अति आबस्यक सामाग्री स्थानीय टोल टोल , घर घर मा गएर बितरण गर्नु भएको छ भने बाग्लुङ क्षेत्र न: २ क का सम्पुर्ण स्वास्थ केन्द्रहरु लाइ पि.पि.इ. लगएत स्वास्थ सामाग्री प्रदान गर्नु भएको छ ।उहाले हाल सम्म चामल १२० क्विन्टल ,तेल ६०० लिटर ,नुन ६०० किलो,साबुन ६०० थान त्यस्तै स्वास्थ सामाग्री मा पि. पि. इ. ४० थान, माक्र्स ५०० थान, पन्जा ५०० थान, हेड सेट ५०० थान, सेनिटाइजर २५० थान , साबुन १००थान गरि झन्डै दश लाख बराबर को सामाग्री बितरण गर्नु भएको छ। उहाँ ले आफु बाग्लुङ बासीहरुको हरेक दुख सुखको साथी भएको र चुनाव को हारजित ले फरक नपार्ने बताउदै माहामारी को बेलामा मानबता महत्त्वपूर्ण भएको र आफु सधै यहाको आम जनता सङ्ग सङै रहेको सन्देश दिनु भएको छ ।
उहालाइ यो राहत बितरणमा प्रभु ग्रुप, सुमेग ट्राभल ,आर. बि. ओभरसिज, एलिस रेस्टुरेन्ट,बिकास शेरचन ले साथ दिनु भएको छ भने पुर्ब महासमिती सदस्य अर्जुन शेरचन , कांग्रेस बाग्लुङ २ ख सभापति नरजङ्ग घर्ती ,ऋषिराम कडेल , गण्डकी थापा अधिकारी, नबिन शेरचन लगाएत स्थानीय कांग्रेस जनहरु ले बितरणमा सघाइ रहनु भएको छ ।