पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए। उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन्।

प्रतिक्रिया