काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले काठमाडौंमा अलपत्र आफ्ना जिल्लाका विद्यार्थीलाई घर पठाएका छन् । आइतबार काठमाडौंको गोंगबुबाट दुई वटा बसमा उनी आफै पुगेर १ सय २० विद्यार्थीलाई जिल्ला पठाएका हुन् । कोइराला नवलपुरबाटै निर्वाचित सांसद समेत हुन् । महामन्त्री कोइरालाले लकडाउनका कारण अलपत्र परेको जो कोही सम्पर्कमा आए आफुले सहयोग गर्ने बताएका छन् ।
डा।कोइरालाले विद्यार्थीहरुको ज्वरो नाप्दै स्यानिटाइजर र मास्कसहित आफैले गाडीको व्यवस्था गरिदिएका हुन् । विद्यार्थी लैजानका लागि तरुण दल र नेविसंघ नवलपुर जिल्ला समितिले समन्वय गरेको नेविसंघ नेता गणेश सापकोटाले जानकारी दिए ।
नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, तरुण दलका जिल्ला सचिव गोपाल सापकोटा, कांग्रेस नेता तेजु घिमिरे, नेविसंघ नेताहरु चित्र जीसी, सुशील काफ्ले ,हरि पौडेल, लक्ष्मण रिजाल,गणेश सापकोटा २ वटा गाडी लिएर विद्यार्थी लिन आएका थिए ।