संसदमा एमसीसी रोकिँदा शेयर बजारमा प्रभाव,दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।

यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय