सबै उडान जेठ २ सम्म बन्द, लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने

सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक/अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए। सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्‍याइएको हो।

सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ। आजको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उनले बताए।

प्रतिक्रिया