यति बेला लकडाउनको कारणले धेरै जना अलपत्र परेका छन् । एक महिने लामो बन्दको कारणले मजदूरी गर्ने र अध्ययन गर्न सहर पसेका धेरैलाई समस्या परेको छ । यिनै समस्यामा परेकाहरुको लागि उद्धार गरिरहेका छन् बागलुङ क्षेत्र नं २ का कांग्रेस पार्टी सभापति दर्वण कुँवरले ।
बुटवलमा अलपत्र परेका बागलुङ पश्चिमका करिब ६० जना भन्दा धेरैलाई बस मार्फत सुरक्षित उद्धार गरिएको छ । सबैको स्वास्थ्य जाँच र लगत संकलन समेत गरिएको थियो ।
कुँवरको पहलमा केही दिन पहिला पनि देशका विभिन्न ठाउँ बाट २ सय बन्दा धेरै यसरीनै सुरक्षित उद्धार गरिएको थियो ।
“बुटवलमा अल्पत्र पर्नु भएका बागलुङ निसि, भुजि, तमान बडिगाड, गल्कोट बासि दाजु भाइ दिदि बहिनि विद्यार्थी मजदुर, बिरामीको सफल उद्धार गरेका छौं । हामी सधैं जनताको साथमा छौं” कुँवरले पिपुल खबरलाई प्रतिक्रिया दिनु भयो । साथै उहाँले आगामी दिनमा पनि सहयोग सहकार्यको अपेक्षा गरेको बताउनु भयो । यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सबैलाई होम क्वारेन्टाइनमा बसेर सहयोग गर्न समेत अपील गर्नु भयो ।