माले महासचिव पोखरेल चढेको गाडी पल्टियो

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन । 

उनी सवार म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। दुर्घटनामा पोखरेल सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।  एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए ।

गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए।

प्रतिक्रिया