कैलालीमा १९ वर्षीय युवकमा कोरोना पोजेटिभ

कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । वर्दगोरिया गाँउपालिका–३ का युवामा र्‍यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले र्‍यापिडमा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल ल्याइएको बताए । प्रहरीका अनुसार उनी चैत १० गते भारतबाट फर्किएका थिए ।

प्रतिक्रिया