आन्तरिक उडान खुलाउन गृहकार्य सुरू

सरकारले आन्तरिक उडान खुलाउने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरसको महामारी फैलिनसक्ने भन्दाै बन्द गरेको आन्तरिक उडान खुलाउने गृहकार्यमा सरकार लागेको हो ।

उडान खुलाउने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई हेरेर आन्तरिक उडान सञ्चालन गर्न सकिने बताएका छन् ।

मन्त्री भट्टराई ले वैशाख १८ गतेपछि कस्तो अवस्था हुन्छ सोही अनुसार उडान सञ्चालन गर्ने निर्णय गरिने पनि जानकारी दिएका छन् ।

‘वैशाख १८ गतेपछिको अवस्थाका आधारमा निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकी देशको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ । मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो ।’

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले वैशाख १८ गतेसम्म सबै हवाई सेवा बन्द गरेको छ ।

प्रतिक्रिया