नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनानुदिन थपिन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ बेव पेजमा जारी सूचना अनुसार शनिबार साँझ ८ बजे अर्को संक्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका आधिकारिक जानकारी अनुसार संक्रमणको नयाँ पुष्टि भएका व्यक्ति ६५ बर्षीय पुरुष हुन् ।
तर उनको बारेमा थप कुनै विवरण खुलाइएको छैन । यो संगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । निको भएका दुई मध्ये आज मात्र एक जना डिस्चार्ज भएकी छिन् ।