बागलुङ : जिल्लाको दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षणमा संक्रमण नभएको पाइएको छ । कोरोना संक्रमण भएपछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए ।
ती महिलाको यसअघि गरिएको दोस्रो स्वाब भने पोजेटिभ आएको थियो । अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ । चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए ।
नेपालको पाचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतिको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ । उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए ।