जनकपुर । सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् । र्यापिड टेस्ट गर्दा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।
आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित कुमार झाले जानकारी दिए।
पीसीआर विधिबाट टेस्टका आज स्वाव धरान पठाइने डा झाले बताए । आजै काभ्रे र धादिङमा पनि र्यापिड टेस्ट गर्दा ३ जनामा पोजेटिभ पाइएको थियो ।