सहयोग थोरै प्रचार धेरै गर्नेहरुको लागी गतिलाे उदाहरण बन्दै सफा सुन्दर हरियाली गैडाकोट,सहयोग गरेको फोटो खिच्न नपाइने

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरससंक्रमको बेला विश्वभरि अहिले लकडाउन गरिएको छ । यो समयमा धेरैले पट भरि खान पाएका छैनन् भने कति धेरै दिन पैदल यात्रा गरेरै आफ्नो गन्तब्यमा पुगीरहेका छन ।

यसरी पैदल यात्रा गरि हिड्ने तथा खान नपाएका भोकाहरुलाई सफा सुन्दर हरियाली गैडाकोटले अहिले राहत सामग्री वितरण सँगै आज बाट पुर्व पश्चिम महेन्द्रराजमार्ग भएर आफ्नो गन्तव्य मा हिडेरै पुग्न खोज्नेका लागि निशुल्क खाना र खाजा वितरण गर्ने थालेको छ । थोरै राहत दिएर होहल्ला गर्ने र सामाजिक सञ्जालमा अनावश्यक प्रचार गर्ने कुराको आलोचना भइरहेका बेला फोटो खिच्न नपाइने गरि यो संस्थाले सबैलाई सहयोग गरिरहेको छ ।

सफा सुन्दर हरियाली गैडाकोटका संयोजक गणेश सापकोटाले आफूहरू र आफ्नो संस्थाबाट जुनसुकै सामाजिक क्रियाकलापमा यसरी नै क्रियाशील रहने पिपुल खवरलाई बताउनु भयो । साथै आफुहरुलाई यस्ताखालका कामले निकै आत्म सन्तुष्टी मिल्ने समेत बताउनु भयो ।

हरेक शनिवार गैंडाकोट नगरपालिकालाई हराभरा गराउने उद्धेश्यका साथ एक वर्ष अघि देखि नगरपालिकाका विभिन्न स्थानमा रुखबिरुवा रोप्ने कामको समेत यो संस्थाले थालनी गरेकाे सापकोटाले “यो हामीहरूकाे नितन्त सामाजिक भावना मात्रै हो कहि कसैले यस्लाइ राजनिती सग जोड्नु भएको सुनेको छु , राजनिती र समाज सेवा फरक पाटो हो राजनिती गर्नकैलागी यो सब गरिएको भए पार्टीको झण्डा बोक्ने थिएँ, उनले भने बरु यो मेरो कार्यमा सहभागिता वा सहयोग गर्न चाहानेलाइ स्वागत छ तर राजनितीकै लागि यो सब गरेको भन्ने नबुझ्दिनु होला ।

सफा सुन्दर हरियाली गैंडाकोट का अध्यक्ष एवं सम्योजक सापकोटाका अनुसार बिपत्तिको यो बेला गैंडाकोट नगरपालिका भरी रहेका १२५ बिपन्न घर परिवारलाई राहत सामाग्री समेत बाडिएको र सो कार्य लाई पनि निरन्तरता दिने बताए । निसुल्क खाना र खाजा बितरण का लागि अहिले सम्म आफू र सफा सुन्दर हरियाली गैंडाकोटका सदस्य र केही सहयोगि हरुको सहयोग लिएको भए पनि सहयोगका लागि कुनै अपिल नगरेको बताएका छन । साथै सो खाना र खाजा वितरणमा कुनै पनि सेल्फी वा फोटो भिडियो खिच्न मनाइ गरिएको हरियाली गैंडाकोट का सदस्य दिपक सापकोटा ले जानकारी गराएका छन् ।

प्रतिक्रिया