बहराइन । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।
योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।