कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१,९७२ पुग्यो : हेर्नुस् कुन देशमा कति ?

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झण्डै ८१ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म ८१ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ । झण्डै तीन लाख जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ७ सय ८६, इटलीमा ६ सय ४, स्पेनमा ५ सय ५६, बेल्जियममा ४ सय ३ र नेदरल्याण्ड्समा २ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया