जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवालको बालाजुस्थित घर र नक्सालको जगदम्बाको एक कार्यालयमा प्रहरीले छापा मारेको हो । घर र कार्यालयबाट भने कुनै पनि मेडिकल सामग्री बरामद नभएको अपराध महाशाखा स्रोतले बताएकाे छ ।

‘अग्रवालको अन्य कार्यालयमा समेत हामी खोजतलास गरिरहेका छौँ,’ ती अधिकारीले भने । अग्रवालले बजारमा ३ हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजारमा बिक्री गर्दैगर्दा पक्राउ गरिएकाे थियो ।

प्रतिक्रिया