काठमाडौं - उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएकाे छ । आईतबार सरकारले रामनवमीकाे विदा दिएकाले आवेदन दिने समय थप गरिएकाे कम्पनीले जनाएकाे छ ।
अब लगानीकर्ताले उक्त आईपीओमा चैत्र ३० गते सम्म आवेदन दिन सक्ने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटाेमा चैत्र २९ गतेसम्म र ढीलाेमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले १ दिन समय थप गरेकाले ३० गतेसम्म आवेदन दिन पाइने छ ।