शुक्रबारमात्रै कोरोनाबाट विश्वभर ५ हजार ९७३ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट झण्डै ६ हजार जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाको मृत्यु भएको छ भने ।

हालसम्म अमेरिकामा मृतकको संख्या ७ हजार ३९२ जना पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा इटालीमा ७६६, स्पेनमा ८५०, जर्मनीमा १६८, फा्रन्समा ११ सय २०, इरानमा १३४, युकेमा ६८४, नेदरल्याण्डमा १६८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया