काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता तथा महामन्त्रीका उमेदबार गगन कुमार थापाले विवेकपूर्ण निर्णय गर्न सबैलाई अपिल गरेका छन ।
आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो अपिल गरेका हुन । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ,उनले भनेका छन् ।
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू,
नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपालस् सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पुरा गर्न पार्टी पुनर्जनागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपील गर्दछु।